राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ

माघ ५, २०८२

@सुनिल सिंह  पोखरा –

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। उनी पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै समयमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले दुर्गा प्रसाईं पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार काठमाडौँबाट पक्राउ अनुमति प्राप्त भएपछि सोही आधारमा पोखरामा रहेको प्रहरी टोलीले प्रक्रिया पूरा गर्दै उनलाई पक्राउ गरेको हो।डीएसपी बस्नेतले भने, “काठमाडौँबाट पक्राउ अनुमति आएपछि कानुनी प्रक्रिया अनुसार हामीले कार्यान्वयन गरेका हौँ।” पक्राउको कारणबारे विस्तृत जानकारी भने प्रहरीले हाल सार्वजनिक गरेको छैन।प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुर्गा प्रसाईंलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। हाल उनी प्रहरीको नियन्त्रणमा रहेका छन् र थप प्रक्रिया अघि बढाइँदै छ।दुर्गा प्रसाईं पछिल्लो समय विभिन्न सार्वजनिक अभिव्यक्ति, राजनीतिक गतिविधि तथा अभियानका कारण चर्चामा रहेका थिए। उनको पक्राउपछि समर्थक र आलोचक दुवै पक्षबीच विभिन्न प्रतिक्रिया आउन थालेका छन्। सामाजिक सञ्जालमा पनि यो विषय व्यापक रूपमा चर्चाको विषय बनेको छ।

यस घटनाबारे महाअभियान पक्षबाट औपचारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ। प्रहरीले भने कानुनअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइने जनाएको छ।

सम्पर्कमा रहनुहोस्