माघ ४, २०८२
पाकिस्तान, कराची – पाकिस्तानको कराचीमा शनिबार राति एक बहु-तल्ले शपिङ मलमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ र २० भन्दा बढी घाइते भएका छन्।दक्षिण सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदका अनुसार आगलागी गुल प्लाजा मलमा भएको हो, जुन एमए जिन्नाह रोडमा अवस्थित छ र यसमा १,२०० भन्दा बढी पसलहरू छन्।
अधिकारिहरूले उद्धारकार्य जारी राखेको बताएका छन्।
झिन्हुवा