अशोज १३, २०८२
काठमाडौं – एमाले नेता महेश बस्नेत र “हामी नेपाल” संयोजक तथा जेन–जेड आन्दोलनका अगुवा सुदन गुरुङबीच आरोप–प्रत्यारोप सार्वजनिक भएको छ।बस्नेतले गुरुङ एमाले प्रवेश गर्ने तयारीमा रहेको दाबी गरेपछि गुरुङले त्यसलाई पूर्णत: असत्य भन्दै खण्डन गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आफू कुनै पनि पार्टीसँग जोडिएको नभएको स्पष्ट पारेका छन्।गुरुङले आन्दोलनलाई राजनीतिक स्वार्थसँग नजोड्न आग्रह गर्दै बस्नेतका दाबीहरूले युवाहरूको बलिदान र आन्दोलनको उद्देश्यलाई अपमानित बनाएको टिप्पणी गरेका छन्। उनले जेन–जेड आन्दोलनलाई आशा, निर्माण र सकारात्मक परिवर्तनतर्फ उन्मुख बनाउन सबैलाई आह्वान गरेका छन्।यसैबीच, बस्नेतको दाबी र गुरुङको खण्डनले आन्दोलन र राजनीतिबीचको दूरी, युवाको नेतृत्व र दलहरूको प्रभावबारे नयाँ बहस सुरु भएको छ।