माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

पुस २८, २०८२

@सुनिल सिंह महत  काठमाडौं —
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी माघ ४ गते देखि संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्। संविधानको धारा ९३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन्।सरकारले चालू राजनीतिक अवस्था, विधेयकहरू पारित गर्ने आवश्यकता तथा राष्ट्रिय महत्वका विषयमा छलफल गर्न अधिवेशन बोलाइएको जनाएको छ। यस अधिवेशनमा विभिन्न विधेयकहरू माथि छलफल, पारित प्रक्रिया तथा समसामयिक राष्ट्रिय विषयमा सांसदहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।विशेषगरी आर्थिक, प्रशासनिक सुधार, संघीयता कार्यान्वयन, तथा समसामयिक राजनीतिक विषयहरू राष्ट्रिय सभामा प्राथमिकताका साथ उठ्ने अपेक्षा गरिएको छ।राष्ट्रिय सभाको यो अधिवेशनलाई वर्तमान राजनीतिक परिस्थितिमा महत्वपूर्ण मानिएको छ, जहाँ सरकार र विपक्षी दलबीच चर्को बहस हुने सम्भावना देखिएको छ।

सम्पर्कमा रहनुहोस्