पुस २६, २०८२
श्री ५ अधिराजकुमारी कृतिका राज्यलक्ष्मी देवी शाह
श्री ५ महाराज धिराज महेन्द्र वीर विक्रम शाह देव ले कहिल्यै देश बेचिबक्सिएन्, बरु देशलाई एकताबद्ध बनाइबक्सियो । मौसुफ सरकारको दूरदर्शी नेतृत्वले नेपाललाई पूर्व–पश्चिम राजमार्ग, उद्योगधन्दा, र स्वाभिमान प्रदान गरिबक्सिएको थियो। मौसुफ सरकारले प्रविधि, शिक्षा र यातायातको मार्गनिर्देशनमार्फत नेपाली युवालाई विदेशमा श्रम गर्न नपर्ने अवस्था सिर्जना गरिबक्सियो । विश्वका कुनै शक्तिशाली राष्ट्रसमक्ष पनि नेपालीको शिर ठाडो रहोस् भन्ने आत्मविश्वास उहाँले हामीलाई दिइबक्सियो ।आज ५० वर्षपछि पनि हामीले उपयोग गर्ने बाटो, अध्ययन गर्ने विद्यालय, र बोलीने राष्ट्रियताको आधार मौसुफ सरकारलेल नै गरिबक्सियो।विशेषज्ञ र नागरिकहरू भन्छन्, “भत्काउन सजिलो छ, तर महेन्द्र बन्न गाह्रो छ।”
यस महान व्यक्तित्वको स्मरणमा हामी सबैले हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं।
@सुनिल सिंह महत