पूर्वमन्त्री कुमार खड्काको राजनीतिक यात्राः दल परिवर्तनले फेरि तरंग

पुस २५, २०८२

@सुनिल सिंह

पूर्वमन्त्री कुमार खड्काको पछिल्लो राजनीतिक कदमले राष्ट्रिय राजनीतिमा फेरि तरंग सिर्जना गरेको छ। लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका खड्काले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।खड्काको राजनीतिक यात्रा उतार–चढावपूर्ण रहँदै आएको छ। उनले सुरुमा क्षेत्री समाज हुँदै सक्रिय राजनीति प्रवेश गरेका थिए। त्यसपछि अखडा नेपाल पार्टी हुँदै टेस्ट पार्टी (छोटो समयको राजनीतिक संलग्नता) पछि अन्ततः नेपाली कांग्रेसमा पार्टी विलय गरेका थिए। कांग्रेसमा रहँदा उनी मन्त्री पदसम्म पुगेका थिए।तर पछिल्लो समय पार्टीभित्रको असन्तुष्टि, नेतृत्वसँगको दूरी र बदलिँदो राजनीतिक समीकरणका कारण उनले कांग्रेस त्यागेर रास्वपामा प्रवेश गरेको बुझाइ छ। विश्लेषकहरूका अनुसार खड्काको यो कदम आगामी निर्वाचन र बदलिँदो जनमतलाई लक्षित रणनीतिक चाल हुन सक्छ।राजनीतिक वृत्तमा खड्कालाई चतुर खेलाडी”का रूपमा लिइन्छ। समय, परिस्थिति र जनभावनालाई बुझेर निर्णय लिने उनको शैलीले उनलाई सधैं चर्चामा राख्दै आएको छ। रास्वपामा उनको प्रवेशले पार्टीको संगठन विस्तार र अनुभवी नेताको आवश्यकता पूरा गर्ने विश्वास गरिएको छ भने अर्कोतर्फ कांग्रेसभित्र थप बहस र आत्ममूल्यांकनको विषय बनेको छ।खड्काको यो निर्णयले आगामी दिनमा नेपाली राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो व्यापक रूपमा ब

सम्पर्कमा रहनुहोस्