पुस २३, २०८२
नेपाली महिला फुटबलकी ‘क्विन’ भनेर चिनिने स्टार स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) दायाँ खुट्टामा लागेको गम्भीर चोटका कारण लामो समयका लागि मैदानभन्दा बाहिर रहनु पर्ने भएको छ।उनलाई दायाँ खुट्टाको ACL (Anterior Cruciate Ligament) मा चोट लागेको चिकित्सकहरूले पुष्टि गरेका छन्। यसका कारण उनी अहिले खेल्न सक्ने अवस्थामा छैनन् र यस सिजनका बाँकी सबै खेल गुमाउने निश्चित भएको छ।डाक्टरको अनुमान अनुसार साम्बा करिब ९–१० महिना मैदानबाहिर बस्नुपर्नेछ। यस अवधिमा उनलाई शल्यक्रिया तथा लामो पुनःस्थापना (Rehabilitation) प्रक्रिया पूरा गर्नुपर्नेछ।
साम्बाको अनुपस्थितिले टोलीलाई ठूलो धक्का लागेको छ। सामाजिक सञ्जालमा उनका समर्थक र फुटबलप्रेमीहरूले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हौसला व्यक्त गरिरहेका छन्।