सीआइबीलाई ठूलो सफलता

पुस २३, २०८२

ओखलढुंगा — नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ओखलढुंगामा भएको दुई छुट्टाछुट्टै घटनामा तीनजनाको ज्यान लिने चार जनाको अपराधी समूह पक्राउ गरेको छ। साथै उनीहरू लुटपाटमा समेत संलग्न रहेर श्रृंखलाबद्ध अपराध गर्दै आएको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार पक्राउ परेकाहरू हुन् —
ओखलढुंगा चिशाङ गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन उर्फ संगम राई,
गाउँपालिका–४ का ३० वर्षीय विनोद राई,
त्यसै ठाउँका ३० वर्षीय प्रकाश भुजेल,
र वडा नं. ८ का ३० वर्षीय दोरजे उर्फ अशोक भुजेल

उनीहरूले पुस १५ गते राति करिब ८ बजे चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा सञ्चालित किराना पसलमा धावा बोल्दै ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीया श्रीमती रत्नमाया थापा मगरको हत्या गरेका थिए।त्यसअघि असोज २६ गते राति करिब २ बजे सिद्धिचरण नगरपालिका–४ चार्खुमा खेतीपाती गर्ने **५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की)**को पनि उनीहरूले ज्यान लिएको अनुसन्धानबाट खुलेको सीआईबीले जानकारी दिएको छ।सीआईबीका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।

@ स्रोत नेपाल प्रहरी

सम्पर्कमा रहनुहोस्