हिजो हत्यारा, आज पार्टीको सहयोगी

पुस २२, २०८२

@सुनिल सिंह  —

काठमाडौं — टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका थरुहट–थारूवान अभियन्ताहरू हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। यस कदमपछि अध्यक्ष रवि लामिछानेको दोहोरो चरित्रबारे प्रश्न उठ्न थालेको छ।आलोचकहरूका अनुसार, हिजो मात्र उक्त घटनालाई ‘राजनीतिक आन्दोलन’को मान्यता दिनु गलत भन्दै सरकारलाई कडा आलोचना गरेका लामिछानेले आज त्यही घटनामा दोषी ठहर भएका व्यक्तिहरूलाई पार्टीमा स्वागत गरेका छन्। यसैले सामाजिक सञ्जाल र राजनीतिक टिप्पणीमा उनको व्यवहारलाई “हिजो हत्यारा, आज पार्टीको सहयोगी” भन्ने शैलीमा आलोचना गरिएको छ।साथै, रास्वपा र नागरिक उन्मुक्ति पार्टी छाडेका थरुहट–थारूवान अभियन्ताबीच सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी एकता गरिएको छ। सहमतिपत्रमार्फत थरू समुदायको पहिचान, अधिकार र आन्दोलनका मुद्दालाई संस्थागत ढंगले अघि बढाउने, राजनीतिक समन्वय र संगठन विस्तार गर्ने व्यवस्था गरिएको बताइयो।

दुवै पक्षले सहमतिले थरू समुदायको प्रतिनिधित्व राष्ट्रिय राजनीतिमा सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। विस्तृत कार्ययोजना चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।

 

सम्पर्कमा रहनुहोस्