रूस–युक्रेन युद्ध

अशोज १२, २०८२

जापोरिझिया (युक्रेन), सेप्टेम्बर २८, २०२५ | एपी
युक्रेनको दक्षिणपूर्वी सहर जापोरिझियामा आइतवार रूसी आक्रमणपछि एक आवासीय घर पूर्णरूपमा ध्वस्त भएको छ। उद्धारकर्मीहरूले घरमा लागेको आगो नियन्त्रणमा ल्याउन रातभर खटिएका थिए।स्थानीय प्रशासनका अनुसार आक्रमणमा मानवीय क्षतिको विवरण अझै स्पष्ट भएको छैन। युक्रेनले निरन्तर भइरहेका रूसी आक्रमणहरूलाई "नागरिक क्षेत्र लक्षित युद्ध अपराध" भनेको छ।रूसले भने युक्रेनका सैनिक संरचनामाथि मात्र आक्रमण गरिरहेको दाबी गर्दै आएको छ। तर, पछिल्ला महिनाहरूमा जापोरिझिया, खार्किभ, र डोनेत्स्कलगायतका सहरमा नागरिक बस्तीतर्फ आक्रमण बढेको देखिएको छ।

सम्पर्कमा रहनुहोस्