पुस २२, २०८२
काठमाडौं — बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नविन रिजाललाई प्रहरीले पक्राउ गरेको छ। झापा घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ४६ वर्षीय रिजाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर खोजी हुँदै आएका रिजाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले महानगरपालिका–१० क्षेत्रबाट पक्राउ गरेको छ।थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि उनलाई प्रहरी वृत्त सिंहदरबार, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
स्रोत: नेपाल प्रहरी