NGO, INGO, यूरोपियन युनियन मा रहेका…

पुस २०, २०८२

@एस.आचार्य काठमाडौं — पछिल्ला राजनीतिक गतिविधि र छलफलबीच, विभिन्न NGO, INGO, यूरोपियन युनियन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरू केही व्यक्तिहरू विदेशीको इसारामा चलेकाहरु आफ्नो घर राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ फर्किँदै क्रम जारी छ। केहि पहिला देखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सक्रिय हुन थालिसकेका छन्। राजनीतिक वृत्तमा यस घटनालाई धेरैले महत्वपूर्ण र संवेदनशील रुपमा हेरिरहेका छन्। आलोचकहरूले आरोप लगाउँदै आएका छन् — “यीमध्ये धेरै व्यक्ति अघिसम्म विदेशीको इसारामा नीति र कार्यक्रम सञ्चालन गर्दै आएका थिए, अहिले भने आफ्नै घर — रास्वपामा फर्किएर राजनीतिक भूमिकामा प्रवेश गरिरहेका छन्।” अनुभव लिएर फर्किए कि विदेशी प्रभावसहित या देश खरानी पर्न ? पार्टीभित्रको स्रोतका अनुसार, विदेशमा बसेर विकास, प्रशासन र नीति निर्माणमा काम गरेका व्यक्तिहरूको अनुभवलाई अब राष्ट्र निर्माणमा रुपान्तरण गर्ने उद्देश्य लिइएको दाबी गरिएको छ। तर अर्कातर्फ, केही राजनीतिक विश्लेषकहरू शंकालु छन्। उनीहरू भन्छन् — “अन्तर्राष्ट्रिय संस्थामा रहेर काम गरेको अनुभव जरुरी हो, तर विदेशीको इसाराले प्रभावित नहोस् — यही सावधानी सबभन्दा ठूलो हो।” रास्वपाभित्र नयाँ शक्ति सन्तुलन रास्वपामा फर्किएका यी व्यक्तिहरूले अब— नीति निर्माणमा प्रत्यक्ष भूमिका, संगठन विस्तार, अन्तर्राष्ट्रिय सम्बन्ध, पारदर्शिता र सुशासनको एजेन्डा अगाडि बढाउने तयारी गरेको बताइन्छ। पार्टी नेताहरूले भने, “विदेशी अनुभव ज्ञान हो — अब यो ज्ञान देशकै फाइदाका लागि प्रयोग हुनेछ,” भन्छन्। नागरिकबीच मिश्रित प्रतिक्रिया यस घटनाले सामाजिक सञ्जाल र सार्वजनिक बहसमा तीव्र प्रतिक्रिया ल्याएको छ। केहीले यसलाई “सीखेर फर्केको पुस्ताको शक्ति” भनेका छन्। अरूले भने “विदेशीको इसारामा चल्ने सम्भावित जोखिम” भन्दै चेतावनी दिएका छन्। निष्कर्ष NGO, INGO र अन्तर्राष्ट्रिय निकायमा रहेर काम गरेका व्यक्तिहरूको रास्वपा भित्रको पुनः प्रवेश आजको राजनीतिक परिदृश्यमा ठूलो विषय बनेको छ। अब प्रश्न यही हो— 👉 उनीहरू साँच्चै राष्ट्रको हितका लागि योगदान दिन्छन् कि 👉 फेरि पनि विदेशी एजेन्डा नेपालभित्रै दोहोरिन्छ? आगामी दिनले यसको जवाफ दिन्छ।

सम्पर्कमा रहनुहोस्