खगेन्द्र सुसूवरलाई राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य दिएछ

पुस २०, २०८२

@सुनिल सिंह काठमाडौं

— दलित समुदायलाई अपमानजनक शब्द प्रयोग गरेको आरोप लगिएका, बाहुनले  देश खायो“-दलितलाई ‘खोइ?’  भन्दै हिँड्ने  खगेन्द्र सुसूवरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) ले केन्द्रीय सदस्यमा नियुक्त गरेको खबर सार्वजनिक भएको छ।सामाजिक सञ्जाल र स्थानीय समुदायमा यस कदमको विरोध र आलोचना दुवै देखिएको छ,जातीय द्वन्द्व फैलाउने बाहुनले गाली गर्ने।”। केही दलित अधिकारकर्मीहरूले भने, “समाजमा समानता र सम्मानका मूल्यलाई कमजोर पार्ने व्यक्तिलाई उच्च पदमा राख्नु उचित छैन” भन्दै पार्टीको निर्णयको प्रश्न उठाएका छन्।पार्टीको पदाधिकारीहरूले भने, खगेन्द्र सुसूवरको अनुभव, संगठनात्मक क्षमता र नेतृत्व कौशललाई ध्यानमा राखेर यो निर्णय गरिएको बताएका छन्। पार्टी प्रवक्ताले भने, “हामीले नेतृत्व क्षमता र संगठन विकासलाई प्राथमिकता दिएका छौँ। व्यक्तिगत विवाद वा भाषणको आधारमा निर्णय नगर्ने हाम्रो नीति हो”।यस विषयले राजनीतिक दलहरूमा प्रतिनिधित्व र सामाजिक उत्तरदायित्वबारे पुनः बहस उठाएको छ। विशेषज्ञहरूले भने, “दलित समुदायप्रति संवेदनशीलता र नेतृत्वको योग्यता बीच सन्तुलन आवश्यक छ। केवल संगठनात्मक योग्यता हेरेर पद दिएको खण्डमा सामाजिक आलोचना उत्पन्न हुन सक्ने खतरा रहन्छ”।हालसम्म पार्टीभित्र तथा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू फैलिएका छन्। केहीले पार्टीको निर्णयलाई स्वागत गरे पनि, अन्यले आलोचना गर्दै समाजमा समानता र सम्मान कायम राख्न पार्टीलाई जिम्मेवार बनाउने आह्वान गरेका छन्।

सम्पर्कमा रहनुहोस्