पृथ्वीसुब्बा गुरुङले गरे सिट बाँडफाँड

पुस १९, २०८२

@एस. एस.महत  काठमाडौं नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि “महागठबन्धन” गरेर सिट बाँडफाँड गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनका अनुसार, सत्तारुढ नेपाली कांग्रेस र एमालेलाई समान—७०/७०—सिट र बाँकी २५ सिट नेकपालाई दिन सकिन्छ।गुरुङका भनाइमा, मुलुकलाई राजनीतिक स्थिरता दिन दलहरूबीच व्यावहारिक सहकार्य आवश्यक छ। “प्रतिस्पर्धा मात्र होइन, राष्ट्रिय सहमति पनि चाहिन्छ,” उनले भनेका छन्, “मिलेर जाने हो भने सरकार र विकास दुवै स्थिर हुन्छन्।”उनका अनुसार, सहकार्यको खाका पार्टीहरूबीचको छलफलबाट परिमार्जन हुनसक्छ। तर मुख्य उद्देश्य, उनका शब्दमा, “मत विखण्डन रोक्ने र निर्वाचनपछि स्थिर सरकार बनाउने” हो।यद्यपि कांग्रेस र नेकपाभित्र यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन। केही नेताहरूले भने चुनावपूर्व गठबन्धनले संगठनमा असर पर्न सक्ने भन्दै सावधानी अपनाउनुपर्ने बताइरहेका छन्।राजनीतिक वृत्तमा गुरुङको प्रस्तावले बहस सुरु गरेको छ। अब पार्टीहरू सहकार्यतर्फ अघि बढ्ने वा आफ्नै बलमा चुनावी प्रतिस्पर्धामा जाने भन्ने विषयमा आगामी दिनमा स्पष्ट हुने देखिन्छ।

सम्पर्कमा रहनुहोस्