बुद्ध एयर विमान भद्रपुरमा ओभर–रन, सात घाइते — छ जना डिस्चार्ज

पुस १९, २०८२

चन्द्रकला भण्डारी /रासस  झापा

काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ विमान शुक्रबार राति अवतरणका क्रममा रनवेबाट करिब ३०० मिटर ओभर–रन हुँदै घाँसे झाडी र माटोमा धँसिएर दुर्घटनाग्रस्त भएको छ।लसाइन ९०१ रहेको विमानमा ५१ यात्री, चार चालक दलका सदस्य र एक इन्जिनियर थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सह–चालकसहित सात जना घाइते भएका छन्।ललितपुर–४ का २४ वर्षे सह–चालक सुशान्त श्रेष्ठको टाउको र अनुहारमा चोट लागेर अस्पतालमा उपचार भइरहेको छ। अन्य छ जना घाइते भने सामान्य उपचारपछि डिस्चार्ज गरिएका छन्।दुर्घटनापछि प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरी उद्धारमा खटिए र सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो। विमान काठमाडौँबाट राति ८:२३ बजे उडेको थियो र ९:१० बजे अवतरणको क्रममा दुर्घटना भएको हो।

सम्पर्कमा रहनुहोस्