महेश महत काठमाडौं —
नयाँ वर्ष २०२६ सुरू भएको पहिलो कारोबार दिनमै सेयर बजार दबाबमा पर्यो।
नेपाल स्टक एक्सचेन्ज (NEPSE)
१२.८३ अंक घटेर २,६२०.९२ अंकमा बन्द भएको हो।बजार खुल्दा सूचक २,६३३ अंकभन्दा माथि पुगेको थियो। तर, केही समयमै बिक्री चाप बढेपछि सूचक तल झर्दै गएर दिनभर उतार–चढावबीच
२,६१३.९५ अंकसम्म ओर्लियो। अन्त्यतिर हल्का सुधार आउँदा सूचकले केही अंक फिर्ता ल्यायो।दैनिक कारोबार पनि कमजोर देखियो —
५.१३ अर्बबाट घटेर करिब ४.७१ अर्ब रुपैयाँमा सीमित रह्यो।
१२ समूहमध्ये ‘Others’ समूह मात्रै हरियो
जीवन बीमा समूह सबैभन्दा धेरै दबाबमा, १०१.७८ अंकको गिरावट
Sensitive Index पनि २.४३ अंकले झर्यो
कम्पनीगत कारोबारमा १८९ कम्पनी घटे र ६३ कम्पनी बढे।
सबैभन्दा धेरै कारोबार SY Panel Nepal Limited को रह्यो।
Global IME Sammunat Yojana-2 १० प्रतिशतले कमजोर हुँदा दिनको सबैभन्दा ठूलो लूजर बन्यो,
जबकि Wean Nepal Laghubitta १० प्रतिशतको बढोत्तरीसहित टप गेनर रह्यो।