पुस १६, २०८२
हाम्रो देश अहिले भोगिरहेको राजनीतिक, आर्थिक र सामाजिक अस्थिरतालाई ध्यानमा राख्दा, भएको यो भेटवार्ताले धेरै प्रश्नहरू मात्र होइन, आशाका किरणहरू पनि उत्पन्न गरेको छ।देश ऋणको बोझमा थिचिएको छ, युवाशक्ति ठूलो संख्यामा विदेशिन बाध्य छन्, र शासनप्रणालीप्रति जनताको भरोसा क्रमशः कमजोर हुँदै गइरहेको छ। यस्तै संवेदनशील अवस्थामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न गरिएको कूटनीतिक संवादले नेपाललाई नयाँ दिशातर्फ लैजान सक्ने संकेत यो भेटले दिएको देखिन्छ।