पुस १५, २०८२
@एस.आचार्य काठमाडौं —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीलाई लिएर सामाजिक तथा राजनीतिक वृत्तमा छलफल र आलोचना बढ्दै गएको छ। आलोचकहरूले सूचीमा आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा स्थापित व्यक्ति बढी परेपछि संविधानको धारा ४२ को मर्म विपरीत गएको बताएका हुन्।नेपालको संविधानको धारा ४२ ले आर्थिक, सामाजिक वा शैक्षिक रूपमा पछाडि परेका समुदायलाई राज्यका निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउने प्रावधान गरेको छ।यद्यपि रास्वपाले आयोगमा पठाएको सूचीमा डॉक्टर, व्यवसायी, कलाकार, सञ्चारकर्मी, पूर्वश्वासकीय अधिकारी तथा सेलिब्रिटी पृष्ठभूमिका व्यक्तिहरू उल्लेख्य रूपमा परेको भन्दै प्रश्न उठाइएको छ। आलोचकहरूले यस्तो सूचीले ऐतिहासिक रूपमा वञ्चित समुदायको भागमा कटौती हुने दाबी गरेका छन्।सूचीमा परेका केही चर्चित नामका कारण पार्टी भित्रै पनि बहस उत्पन्न भएको बताइएको छ। पार्टी नेतृत्वले भने समानुपातिक सूची कानूनअनुसार तयार गरिएको र अन्तिम निर्णय निर्वाचन आयोगको प्रकृयाबाटै स्पष्ट हुने प्रतिक्रिया दिएको छ।विशेषज्ञहरूका अनुसार समानुपातिक प्रणालीको उद्देश्य समुदायगत समावेशीकरण भए पनि कार्यान्वयनमा पारदर्शिता र स्पष्ट मापदण्ड नहुँदा विवाद दोहोरिनुले नीति नै कमजोर हुने जोखिम रहन्छ।निर्वाचन आयोगले भने प्रस्तुत सूचीहरूको कानुनी परीक्षणपछि आवश्यक परे संशोधनको प्रक्रिया अघि बढाउने बताएको छ।
रास्वपाको बन्द सूचीमा रहेका केही पात्रहरुको नाम
डा. महेन्द्र लावती –विज्ञ, नेपोबेबी । अनुष्का श्रेष्ठ –मिस नेपाल त्रिशाला गुरुङ–ख्यातीप्राप्त गायिका तथा चिकित्सक । – सत्यकला राई –ख्यातिप्राप्त गायिका – अनुपकुमार उपाध्याय– नेपाल सरकारकार पूर्व सचिव तथा इन्जिनियर । विदुषी राणा–गोल्ड स्टार जुत्ताकी सिइओ तथा अर्बपति व्यवसायी । प्रकाश सपुत–ख्यातिप्राप्त गायक । रिमा विश्वकर्मा –ख्यातिप्राप्त टेलिभिजन प्रस्तोता । रुपक विश्वकर्मा –चिकित्सक । – आसिफ साह –फिल्म निर्माता तथा कलाकार, प्रस्तोता । मोहना अन्सारी– महिला आयोगकी सदस्य, विभिन्न क्षेत्रमा पटक पटक अवसर पाएकी । ज्ञानेन्द्र मल्ल –ख्यातिप्राप्त क्रिकेटर । सचिन ढकाल–अर्बपति चन्द्र ढकालका छोरा ।