@सुनिल सिंह काठमाडौं
नेपालमा राजनीतिक व्यवस्थाबारे जारी बहसका बीच एक पूर्व प्राध्यापकले राजतन्त्रलाई गणतन्त्रभन्दा “उत्तम व्यवस्था” दाबी गरेका छन्। सार्वजनिक गरिएको भिडियोमा उनले हालको राजनीतिक संरचनाले अपेक्षित सुधार नल्याएको भन्दै विकल्पको रूपमा राजतन्त्रबारे पुनः छलफल हुनुपर्ने टिप्पणी गरेका हुन्।उनको भनाइमा निरन्तर देखिने राजनीतिक अस्थिरता, दलभित्रको अनुशासनहीनता र कमजोर जवाफदेहिताले जनविश्वास घटाएको छ। “व्यवस्था जति फेरिए पनि नेतृत्व संस्कार र प्रणाली सुधार नभएसम्म परिवर्तन टिका रहँदैन,” उनी भन्छन्।तर, अन्य विश्लेषकहरूले भने विगतमा राजतन्त्र अन्तर्गत देखिएको शक्ति–केन्द्रिकरण र सीमित जनअधिकारलाई उदाहरण दिँदै यस्तो धारणा सँग सहमति जनाएका छैनन्। उनीहरूका अनुसार सुधारको बाटो संविधानले दिएका सीमाभित्रै खोजिनुपर्छ।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै प्रतिक्रिया देखिएका छन्।