रोनाल्डोले मध्यपूर्व सम्मान लिए; पोर्तुगल सर्वश्रेष्ठ राष्ट्रिय टिम

पुस १४, २०८२

@एस.आचार्य दुबई अल–नस्रका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लाई यस वर्ष ‘बेस्ट मिडल ईस्ट प्लेयर अफ द इयर’ अवार्ड प्रदान गरिएको छ। ४० वर्षको उमेर नजिकिँदै गर्दा पनि उनी प्रदर्शनमा स्थिर देखिएको अवार्ड समिति र खेल समीक्षकहरूले बताएका छन्। त्यसैगरी पोर्तुगल राष्ट्रिय टिमलाई ‘बेस्ट नेशनल टिम’ घोषणा गरिएको छ। पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अनुशासित खेलशैली र आक्रमणमा प्रभावकारी योजना प्रमुख कारण रहेको छ। अर्को तर्फ, पेरिस सेन्ट–जर्मेन (PSG) लाई ‘बेस्ट मेन्स क्लब’ घोषणा गरिएको छ। क्लबका प्रशिक्षक लुइस एनरिके ले पनि ‘बेस्ट कोच’ अवार्ड पाएका छन्। भितिँया ‘बेस्ट मिडफिल्डर’ र डेसिरे डु’एउ ‘इमर्जिङ प्लेयर’ घोषित हुँदै PSG का लागि यो वर्ष पुरस्कारमा सफल रह्यो। अन्य अवार्डहरू • रापिन्हा — बेस्ट ला लिगा प्लेयर अफ द इयर • पाउल पोग्बा — कमब्याक अफ द इयर • डियगो जोटा — स्पेसल अवार्ड (अभिभावकले ग्रहण)

सम्पर्कमा रहनुहोस्