डेम्बेले वर्षका उत्कृष्ट खेलाडी घोषित
@एस.आचार्य दुबई — विश्व फुटबलमा प्रतिष्ठित मानिने ग्लोब सोकर अवार्ड्स २०२५ आइतबार दुबईमा सम्पन्न भयो। यस वर्षको मुख्य अवार्ड ‘प्लेयर अफ द इयर’ फ्रान्सका २८ वर्षीय खेलाडी ओस्माने डेम्बेले ले जिते।
पेरिस सेन्ट–जर्मेन (PSG) का लागि निरन्तर प्रभावशाली खेल प्रदर्शन गर्दै आएका डेम्बेलेले २०२५ को क्यालेन्डर वर्षमा ३० भन्दा बढी गोल तथा उल्लेख्य असिस्ट गरेका थिए। निर्णायक खेलहरूमा देखाएको स्थिरता र क्षमता पुरस्कार चयनमा प्रमुख आधार बनेको अवार्ड आयोजक समितिले जनाएको छ।पुरस्कार ग्रहणपछि डेम्बेलेले छोटो प्रतिक्रिया दिएका थिए:
“फुटबल व्यक्तिगत भन्दा टिमको मेहनत हो। यो सम्मान सबैको बीचमा बाँड्नेछु।”
उनी यसअघि २०१७ को गोल्डेन बोय अवार्ड जितेका थिए। करियरको उतार–चढावपछि पछिल्ला दुई सिजन उनले पुनः निरन्तर प्रदर्शन गर्दै आलोचकहरूको प्रश्नको जवाफ दिएको विश्लेषकहरू बताउँछन्।