पुस १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएपछि राजनीतिक वृत्तमा पूर्वमन्त्री सुमना श्रेष्ठबारे पनि विभिन्न चर्चा सुरु भएका छन्।सो सरकारले मन्त्री बनेपछि रास्वपा छोडेकी सुमना श्रेष्ठ अहिले कठिन अवस्थामा परिरहेको दाबी सामाजिक सञ्जाल तथा केही अनलाइनहरूमा गरिएको छ। उनी न मन्त्री हुन सकिन्, न बालेनले छुट्टै पार्टी खोल्ने योजना सफल भयो भन्ने टिप्पणी पनि गरिएका छन्।रास्वपा र बालेनबीच एकता भएपछि,
सुमना श्रेष्ठ “पुनः रास्वपामा फर्किन सक्ने” सम्भावनाबारे केही श्रोतहरूले दाबी गरेका छन्। तर यो विषयमा आधिकारिक रूपमा कुनै पुष्टि भएको छैन।राजनीतिक विश्लेषकहरूका अनुसार, वैकल्पिक राजनीतिमा सक्रिय नेताहरूबीच पुनर्गठन र सहकार्यका कुराहरू स्वाभाविक रूपमा उठिरहने भए पनि, व्यक्तिगत निर्णयबारे निष्कर्ष निकाल्नुअघि आधिकारिक अभिव्यक्ति पर्खनु उचित हुन्छ।