पुस १३, २०८२
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यदि प्रतिनिधि सभा चुनाव निर्धारित समयमा (फागुन–चैत) हुने भए उम्मेदवारी दर्ताका लागि मेयर पदबाट राजीनामा दिनुपर्ने भएको छ। कानुनअनुसार स्थानीय तहको पदमा रहेर संघीय सांसदको उम्मेदवारी दिन पाइँदैन।यसै सन्दर्भमा बालेन शाहले माघको पहिलो साताभित्र राजीनामा गर्ने तयारी गरिरहेको उल्लेख गरिएको छ। राजीनामापछि उनले महानगरको कार्यकारी जिम्मेवारी छोडेर चुनावी अभियानमा केन्द्रित हुनेजनाइएको छ।
समाचारअनुसार—
राष्ट्रि्ीय स्वतन्त्र पार्टीसँग भएको ७ बुँदे सहमतिकाे आधारमा बालेनले प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दर्ता गर्ने लक्ष्य राखेका छन्।
उनले मेयर पदबाट राजीनामा दिएपछि उपमेयर सुनिता डंगोल ले कार्यवाहक प्रमुखका रूपमा महानगरको जिम्मेवारी सम्हाल्ने बताइएकाे छ।
यसबाट बालेन शाह स्थानीय सरकारले नेतृत्व गरिरहे पनि अब राष्ट्रिय राजनीतिमा सक्रिय प्रवेश गर्ने संकेत बलियो बन्दै गएको देखिन्छ।