रवि–बालेन वार्ता

पुस १०, २०८२

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगर प्रमुख बालेन शाहबीच ज्वागलमा भएको करिब अढाइ घण्टे गोप्य भेटवार्तामा आगामी चुनावपछिको राजनीतिक समीकरण र शक्ति–बाँडफाँडबारे व्यापक छलफल भएको स्रोतले जनाएका छन्।वार्ताको मूल एजेण्डा निम्न बुँदामा केन्द्रित रहेको बताइएको छ:

1️⃣ प्रधानमन्त्रीको उम्मेदवार :-  बालेन शाहले चुनावी एकता हुने हो भने पहिलो चरणमा आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने प्रस्ताव राखेका छन्। यसबारे रवि लामिछानेले पार्टीभित्र थप छलफल गरेर मात्र निर्णय हुने प्रतिक्रिया दिएका छन्। 2️⃣ उम्मेदवारको अनुपात :-   रास्वपाले ७०–३० को सिट बाँडफाँड मोडेल प्रस्तुत गर्दै ७० प्रतिशत सिट आफ्ना उम्मेदवारलाई दिने प्रस्ताव राखेको छ। तर परिस्थितिअनुसार लचकता सम्भव हुने संकेत लामिछानेले दिएको बताइन्छ। 3️⃣ पार्टी नाम र चुनाव चिन्ह:-  लामिछानेले स्थापित पहिचान भएको ‘रास्वपा’ र ‘घण्टी’ चिन्हमै जानु उचित बताउँदै आएका छन्।
तर बालेन शाहले भने ‘देश विकास पार्टी’ र ‘लौरो’ चिन्ह केन्द्रमा राखेर, कुलमान घिसिङसहित वैकल्पिक शक्तिलाई समेट्ने साझा ब्रान्ड निर्माण गर्नुपर्ने पक्षमा दृढ देखिएका छन्। 4️⃣ ‘जेन–जी’ आन्दोलनको भावना:- बालेनले राजनीतिक एकताको मोडल दलको शक्ति होइन, ‘जेनजी आन्दोलन’बाट आएको जनभावनालाई आधार मानेर तयार गर्नुपर्ने धारणा राखेका छन्।वार्ता सकारात्मक भए पनि दुवै पक्षले कुनै औपचारिक सहमति भएको घोषणा गरेका छैनन्। अर्को चरणको बैठकबाट मात्रै सहकार्यको रूपरेखा स्पष्ट हुने अनुमान गरिएको छ।  

सम्पर्कमा रहनुहोस्