मुस्ताङ भन्सारबाट १ हजार ९७४ विद्युतीय गाडी भित्रिए

पुस १०, २०८२

मुस्ताङ।
चीनबाट आयात गरिएका विद्युतीय (इभी) गाडीहरू मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङस्थित मुस्ताङ भन्सारमा राखिएका छन्। भन्सार प्रक्रिया सकिएपछि ती गाडी देशका विभिन्न सहरतर्फ पठाइँदै छन्।मुस्ताङ भन्सार कार्यालयका अनुसार हालसम्म यस नाकाबाट कुल १,९७४ वटा विद्युतीय गाडी भित्रिएका छन्। भन्सारले इन्धन खपत घटाउने लक्ष्यसँगै विद्युतीय सवारीको आयात बढ्दो क्रममा रहेको जनाएको छ।विद्युतीय गाडी भित्रिएसँगै मुस्ताङ क्षेत्रका सडक तथा भन्सार पूर्वाधारमा चाप बढे पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको अधिकारीहरुको भनाइ छ।

तस्बिरः सुशीलबाबु थकाली / रासस

सम्पर्कमा रहनुहोस्