माइतीघरमा तेस्रो दिन पनि Gen-Z समूहको आन्दोलन जारी

पुस १०, २०८२

मिराज ढुंगानाको नेतृत्वमा रहेको Gen-Z समूहले काठमाडौंको माइतीघर मण्डलामा सञ्चालन गरिरहेको आन्दोलन आज तेस्रो दिन पनि जारी छ।समूहले प्रधानमन्त्री सुशीला कार्कीगृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै अन्तरिम सरकारलाई दबाब दिने उद्देश्यले गत सोमबारदेखि शान्तिपूर्ण प्रदर्शन सुरु गरेको हो।आन्दोलनका सहभागीहरूले राजनीतिक स्थिरता, जवाफदेही शासन र युवाको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा भइरहे पनि सुरक्षाकर्मीहरू माइतीघर क्षेत्रमा सतर्क बसाइमा रहेका छन्।

समूहका नेताहरूले मागहरू सम्बोधन नभएसम्म आन्दोलन निरन्तरता दिने चेतावनी दिएका छन्।

@एस. एस.महत

सम्पर्कमा रहनुहोस्