पुस ९, २०८२
नेपाली महिला फुटबलका चर्चित खेलाडी रेखा पौडेल ले अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट फुटबलर अवार्ड जितेकी छिन्। उनको प्रदर्शन र खेलप्रति समर्पणले उनलाई यो सम्मान दिलाएको हो।त्यस्तै, रेखा पौडेल खेल्ने माजिया स्पोर्ट्स क्लब ले माल्दिभ्समा आयोजना भएको फ्यान्स वुमेन एस लिग मा विजेता बनेको छ। टीमले उत्कृष्ट सामूहिक खेल प्रदर्शन गर्दै प्रतियोगितामा शीर्ष स्थान हासिल गरेको हो।अवार्ड विजेता पौडेलसँगै अर्की नेपाली खेलाडी दीपा शाही पनि प्रतियोगितामा चम्किएकी छन्। उनीहरूको योगदानले टोलीलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरूले बताएका छन्।रेखा पौडेलले यो सफलता नेपाली महिला फुटबलको प्रगतिका लागि प्रेरणादायी रहेको बताइन् र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ उच्च प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
@एस.आचार्य