इन्जिनियर देवकुमारको हत्या, भारत पुगेका दुई अभियुक्त पक्राउ

पुस ८, २०८२

@एन.मानन्धर ललितपुर — ललितपुर महानगरपालिका–२४ धापाखेलमा ४६ वर्षीय इन्जिनियर देवकुमारको गुपचुप रूपमा हत्या भएको पुष्टि भएको छ। हत्या गरी फरार भएका दुई जना अभियुक्त भारत पुगेको खुलासा भएको ललितपुर जिल्ला प्रहरी परिसरले जनाएको छ।ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार हत्या भएको सूचना प्राप्त भएपछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानबाट देवकुमारको हत्या योजनाबद्ध रूपमा गरिएको आशंका गरिएको छ।प्रहरी अनुसन्धानका क्रममा अभियुक्तहरूले घटनालाई गोप्य राख्दै हत्या पश्चात् नेपालबाट फरार भई भारत पुगेको खुलेको छ। हाल ती दुई अभियुक्तलाई पक्राउ गरिएको र नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।मृतक देवकुमारको शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको एसएसपी बोगटीले जानकारी दिनुभयो।

सम्पर्कमा रहनुहोस्