हत्या भएकी पिंकी तामाङ

पुस ८, २०८२

@एन.मानन्धर काठमाडौँ :- कुवेतमा हत्या भएकी पिंकी तामाङको शव नेपाल आइपुगेको छ। शव बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिंकीका श्रीमान पुगेका थिए।चार महिना अघि कुवेत गएकी पिंकी तामाङको मृत्युबारे कुवेतस्थित नेपाली समुदायले हत्या भएको जानकारी दिएका छन्। तथापि, घर मालिकको दाबी अनुसार पिंकी तामाङले घरको छतबाट हाम फालेको बताइएको छ।पिंकीको मृत्युपछि उनका चार छोरीहरूले आफ्नो आमाको शव कुर्दै परिवारमा ठूलो शोक छाएको छ। नेपालमा ल्याइएको शवले परिवार र आफन्तहरूमा दुःख र चासोको वातावरण सिर्जना गरेको छ।कुवेतस्थित प्राधिकरणले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ।

सम्पर्कमा रहनुहोस्