अत्यधिक चिसोको कारणदेखाएर क्रिसमसको लागि विद्यालय १५ दिन बिदा

पुस ८, २०८२

चन्द्रपुर (रौतहट) — लगातार बढ्दो अत्यधिक चिसोका कारण देखाएर  क्रिसमसको लागि रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा १५ दिन बिदा दिने निर्णय गरेको छ।नगरपालिकाले सोमबार सूचना जारी गर्दै पुस ८ गतेदेखि पुस २२ गतेसम्म विद्यालय बन्द रहने जानकारी दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरका अनुसार, “बालबालिकाको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै विद्यालयमा पठनपाठनमा असर पर्न सक्ने सम्भावना भएकाले बिदा दिइएको हो।”साथै, चिसोका कारण बिहान र बेलुकीको समयमा जनजीवन प्रभावित बनेको छ। नगरपालिकाले बिदा अवधि सकिएपछि विद्यालय नियमित रूपमा सञ्चालनमा फर्किने जानकारी दिएको छ।

@एस.आचार्य

सम्पर्कमा रहनुहोस्