हर्क साम्पाङको आरोप

पुस ७, २०८२

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तिरेको २ करोड रुपैयाँ धरौटीको स्रोतबारे छानबिन हुनुपर्ने बताएका छन्।मेयर साम्पाङले सार्वजनिक अभिव्यक्तिमार्फत सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको आर्थिक पारदर्शिता अनिवार्य हुने उल्लेख गर्दै धरौटीमा प्रयोग गरिएको रकम कहाँबाट आएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने धारणा राखे। उनले कानून सबैका लागि समान हुनुपर्ने र प्रभावशाली व्यक्तिहरू पनि त्यसको दायरामा आउनुपर्ने बताए।उनले आरोप–प्रत्यारोपको राजनीतिभन्दा तथ्य र प्रमाणका आधारमा विषय उठान हुनुपर्ने उल्लेख गर्दै सम्बन्धित निकायले आवश्यक छानबिन गर्नुपर्ने माग गरे।यस विषयमा रवि लामिछानेको तर्फबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। यसअघि दुबै नेताबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप भइरहेका छन्।राजनीतिक नेताहरूबीच यस्ता अभिव्यक्तिहरू बढ्दै जाँदा सार्वजनिक चासो र बहस समेत तीव्र बन्दै गएको छ।

@एन.मानन्धर

सम्पर्कमा रहनुहोस्