नेपाली युवा पत्रकार गौरव पौडेलद्वारा विश्व कीर्तिमान सफल

पुस ५, २०८२

काठमाडौं — नेपाली युवा पत्रकार गौरव पौडेलले लगातार झण्डै ७९ घण्टा नन–स्टप लाइभ अन्तर्वार्ता सञ्चालन गर्दै नयाँ विश्व कीर्तिमान स्थापित गर्न सफल हुनुभएको छ। यससँगै उहाँले पहिले कायम रहेको ७३ घण्टा २३ मिनेटको रेकर्ड उछिन्नुभएको छ।लगातार लामो समयसम्म बिना विश्राम लाइभ अन्तर्वार्ता सञ्चालन गरेर गौरवले पत्रकारिता क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण उपलब्धि हासिल गर्नुभएको हो। उहाँको यो कीर्तिमान गिनिज वर्ल्ड रेकर्ड्सले औपचारिक रूपमा मान्यता दिएपछि मात्र आधिकारिक रूपमा दर्ता हुनेछ।युवावस्थामै यस्तो साहसिक र ऐतिहासिक प्रयास सफल बनाएकोमा विभिन्न क्षेत्रबाट गौरव पौडेललाई बधाई तथा शुभकामना दिइँदै आएको छ। विशेषज्ञहरूले पनि यस प्रयासलाई नेपाली मिडिया र युवा नेतृत्वको दृष्टान्तका रूपमा उच्च मूल्याङ्कन गरेका छन्।

@एस.आचार्य

सम्पर्कमा रहनुहोस्