राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

पुस ४, २०८२

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आज जारी गरिएको अध्यादेशले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गरेको छ। अध्यादेशको पूर्ण विवरण र कार्यान्वयन पक्ष सम्बन्धित निकायमार्फत सार्वजनिक गरिने जनाइएको छ।

राष्ट्रिय समाचार समिति (रासस)

सम्पर्कमा रहनुहोस्