रास्वपा

पुस ४, २०८२

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गरेको छ। अदालतको आदेशपछि लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्कने रास्वपाले जनाएको छ।कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बिहीबार जारी गरेको विज्ञप्तिमा कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछानेले तत्काल पार्टीको मूल जिम्मेवारी सम्हाल्ने उल्लेख गरिएको छ।विज्ञप्तिमा पार्टी विधिको शासन, कानुनी सर्वोच्चता तथा न्यायिक प्रक्रियाप्रति सधैँ प्रतिबद्ध रहेको पनि जनाइएको छ।“उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किनुहुनेछ।”

   

सम्पर्कमा रहनुहोस्