मंसिर १९, २०८२
काल्किलिया- इजरायली सेनाले पश्चिमी किनाराको उत्तर क्षेत्रमा आफ्नो सैन्य अभियान विस्तार गर्दै काल्किलियास्थित काफ्र साबा क्षेत्रमा कडा घेराबन्दी लगाएको छ।डिसेम्बर ४ मा खिचिएका तस्वीरहरूमा काल्किलिया शहरमा इजरायली सैनिकहरू परिचालन भइरहेका देखिन्छन्। सेनाले बिहीबारदेखि उक्त क्षेत्रमा आवत–जावत कडाइ गर्दै स्थानीय फिलिस्तीनीहरूको गतिविधिमा कडा प्रतिबन्ध लगाएको सिन्ह्वाले जनाएको छ।अभियानका कारण स्थानीय बासिन्दा प्रभावित भएका छन् भने क्षेत्रको सामान्य जीवनमा थप तनाव थपिएको छ।
(फोटो: निडाल एस्टायेह/सिन्ह्वा)