मंसिर ५, २०८२
शेली बीच (दक्षिण अफ्रिका), २१ नोभेम्बर २०२५ — जी–२० शिखर सम्मेलन प्रारम्भ हुनुअघि दक्षिण अफ्रिकाभर महिलाहरूले लिङ्ग–आधारित हिंसा अन्त्य र महिला हत्या (फेमिसाइड)लाई राष्ट्रिय विपत् घोषित गर्न माग गर्दै शुक्रबार व्यापक आन्दोलन गरेका छन्।‘विमेन फर चेन्ज’ नामक अभियान समूहले महिलामाथिको हिंसाको विरोधस्वरूप राष्ट्रव्यापी शटडाउन आह्वान गरेको थियो। आन्दोलनअन्तर्गत सहभागी महिलाहरूले एक दिनभर सबै किसिमका तलब पाउने वा नपाउने काम, जस्तै कार्यालय, विश्वविद्यालय तथा घरेलु कामकाजबाट टाढा रहन र पूरै दिन खर्च नगर्न आग्रह गरिएको थियो, जसले उनीहरूको अनुपस्थितिले देशको सामाजिक तथा आर्थिक क्षेत्रमा पार्ने प्रभाव देखाउन उद्देशित थियो।शेली बीचमा प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर मार्च गरे। उनीहरूले सरकारसँग महिलामाथि बढ्दो हिंसा र हत्यालाई तत्काल राष्ट्रिय प्राथमिकताका रूपमा लिएर कडा कदम चाल्न माग गरे।
afp