मंसिर ३, २०८२
काठमाडौं — माओवादी सशस्त्र द्वन्दका नेता तथा पूर्व मन्त्री सुदन किरातीले नेपालमा रहेको राजतन्त्रको अवस्था अन्य देशसँग तुलना गर्दै आफ्नै विचार व्यक्त गरेका छन्।किरातीले भनेका छन्,
“सामन्तबाद त हामीले भन्यौँ, तर हाम्रो देशको सामन्तीको ‘नायक’हरू कंगाल रहेछन्। अन्य देशको राजतन्त्रसँग तुलना गर्दा हाम्रो देशको राजतन्त्र एक ढंगले सुकुम्बासी जस्तो रहेछ। नारायणहिटीको भ्रमण गर्दा त्यही अनुभव भयो। पुस्तकको आवरण हेरेर त्यसको मूल्याङ्कन गर्नु गलत भयो, अहिले सबैलाई गल्ती महसुस हुँदैछ।”
उनले देश र पार्टी नेतृत्वको सम्वन्धमा पनि टिप्पणी गर्दै भनेका छन्:
“बिस्तारै सबै पार्टीका नेताहरूको दिमागको बत्ति बल्दैछ। अब देश र जनता लागि ढिलो नगरि सबै मिल्नुको विकल्प छैन। देश भन्दा माथि पार्टी हैन रहेछ भन्ने कुरा बुझ्न ढिला गर्नु हुँदैन। देश अभिभावक बिहिन हुँदा देश र जनता दुबैले दुख भोगे।”
पूर्व मन्त्री किरातीको यो अभिव्यक्ति वर्तमान राजनीतिक नेतृत्वलाई देश र जनताको हितलाई सर्वोपरि राख्न चेतावनी स्वरूप आएको छ।
सुदन किराती: ‘हाम्रो गल्ती महसुस हुन थालेको छ’
@एस आचार्य