मंसिर २, २०८२
सिन्त्रल जाभा, नोभेम्बर १८ —
इन्डोनेशियाको जाभा द्वीपमा गत सातादेखि लगातार आएका पहिरोहरूले कम्तिमा १८ जनाको ज्यान लिएको छ भने ३० भन्दा बढी मानिस अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।सिन्त्रल जाभाको बान्जरनेगारा क्षेत्रमा स्थित सितुकुङ्ग गाउँ सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ घरहरू पूर्ण रूपमा भत्किएका छन् र ठूलो क्षेत्रमा माटोको लेदो फैलिएको छ। उद्धारकर्मीहरू निरन्तर खोज तथा उद्धार कार्यमा खटिएका छन्, तर घना हिलो र अस्थिर भू–भागका कारण कार्य चुनौतीपूर्ण बनेको छ।विपद् व्यवस्थापन एजेन्सीका अनुसार तीव्र वर्षाका कारण पहिरोको जोखिम अझै उच्च रहेको छ। प्रभावित बस्तीहरूबाट सयौँ स्थानीयवासीलाई सतर्कताका लागि सुरक्षित स्थानमा सारिएको छ।इन्डोनेशियामा वर्षायाम सुरु भएसँगै पहिरो र बाढीका घटनाहरू बढ्ने गर्छन्, र यस वर्ष असामान्य भारी वर्षाले जोखिम झनै बढाएको अधिकारीहरू बताउँछन्।
AFP