भारतको एक औषधि कारखानामा आगलागी हुँदा दुई जनाको मृत्यु, २० घाइते

कार्तिक २६, २०८२

भारतको पश्चिमी राज्य गुजरातको सायखा उद्योग क्षेत्रमा बुधबार एक औषधि कारखानामा आगो लाग्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन् । सबै पीडित कामदार थिए । भरुच जिल्लाका अधिकारी गौरंग मकवाना अनुसार,“कारखानाभित्र भएको शक्तिशाली भाँडा विस्फोटले ठूलो आगो निम्त्याएको हो ।” आगो नियन्त्रणमा लिएपछि, विस्फोटको कारण कारखानाको भवन भत्केको देखियो । धेरै कामदार भाग्न सफल भए पनि दुईजनालाई फँसेर मृत्यु भयो । आगो निभाएपछि उनीहरूको शव भग्नावशेषबाट निकालिएको छ । घाइतेहरुलाई तत्काल स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । नयाँ दिल्ली, २६ कात्तिक (रासस/सिन्ह्वा) :

सम्पर्कमा रहनुहोस्