कार्तिक २३, २०८२
लन्डन, नोभेम्बर ९, २०२५ (एएफपी) — बेलायतमा आइतबार ‘रिमेम्ब्रेन्स सन्डे’ (स्मृति दिवस) अवसरमा दोस्रो विश्वयुद्धसहित युद्धमा ज्यान गुमाएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।लन्डनको ह्वाइटहॉलस्थित सेनोटाफमा आयोजित समारोहमा जनरल सर चार्ल्स रोलेन्ड वाकर र सर रिचर्ड नाइटनले फूलमाला अर्पण गर्दै वीर सैनिकहरूको सम्मान गरेका थिए। समारोहमा बेलायती राजपरिवारका सदस्यहरू, सैनिक अधिकारी, र सर्वसाधारणको उपस्थिति रहेको थियो।