कार्तिक १७, २०८२
हाङ्जाउ, चीन, नोभेम्बर ३, २०२५ (एपी/स्पुतनिक) — रुसका प्रधानमन्त्री मिखाइल मिश्रुस्टिन सोमबार चीनको हाङ्जाउ सहर पुगेका छन्। आगमनका क्रममा उनलाई चीनको जेजियाङ प्रान्तका गभर्नर लिउ जिएले स्वागत गरेका थिए।मिश्रुस्टिनको यो भ्रमणले रुस–चीनबीचको आर्थिक र क्षेत्रीय सहकार्यलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ। उनी चीनका उच्चस्तरीय अधिकारीहरूसँग द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम छ।
(फोटो: दिमित्री अस्ताखोभ / स्पुतनिक / गभर्नमेन्ट पुल फोटो भाया एपी)