कार्तिक १५, २०८२
शोएनफेल्ड, जर्मनी (एपी) —
जर्मनीको बर्लिन ब्रान्डेनबर्ग विमानस्थल शुक्रबार साँझ ड्रोन देखिएको रिपोर्टपछि अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल परिसर वरिपरि एक कारलाई प्रहरीहरूले घेराबन्दी गरी जाँच गरेका छन्।विमानस्थलका अधिकारीहरूले भनेका छन् कि ड्रोनको उपस्थितिका कारण हवाई सुरक्षा जोखिम हुनसक्ने भन्दै उडानहरू केही समयका लागि स्थगित गरिएको थियो। घटनाबारे अनुसन्धान सुरु गरिएको छ।कुनै क्षति वा घाइतेबारे जानकारी छैन। विमानस्थल केही घण्टापछि पुनः सञ्चालनमा आएको जनाइएको छ।
(कार्स्टन कोल/डीपीए मार्फत एपी)