टर्कीको होटलमा भएको आगलागीका लागि दोषी ११ जना
समय सूत्र @
कार्तिक १४, २०८२
गत जनवरी २१ मा कार्तलकायाको उत्तरी पहाडी रिसोर्टमा रहेको ग्रान्ड कर्ताल होटलमा भएको आगलागीका लागि दोषी ठहर गर्दै टर्कीको एक अदालतले शुक्रबार होटलका मालिकसहित ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । आगलागीमा ३० बालबालिकासहित ७८ जनाको मृत्यु भएको थियो भने १३७ जना घाइते भएका थिए। अन्वेषकहरूले होटल सञ्चालनका क्रममा सुरक्षा नियमहरूको पालना नगरिएको ठहर गर्दै यो फैसला सुनाएका हुन् । अदालतले आजीवन कारावासको सजाय तोकेका होटलका सञ्चालकसहित सञ्चालक समितिका केही सदस्यलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको हो । बोलुका एक उपमेयर र स्थानीय अग्नि नियन्त्रकलाई पनि जेल सजाय सुनाइएको छ। सुनुवाइका लागि हिरासतमा राखिएका २० र अन्य १२ गरी कुल ३२ जनाविरूद्ध मुद्दा परेको थियो । अनुसन्धानका क्रममा होटलमा जडान गरिएको आगलागीको चेतावनी दिने संयन्त्रले काम नगरेको र केही ग्याँस उपकरणहरूले सुरक्षा मापदण्डहरू पूरा नगरेको पुष्टि भएको छ। आजीवन कारावासको सजाय सुनाइएको ग्रान्ड कार्तालका मालिक हलिट एर्गुलले अदालतमा वयानका क्रममा भन्नुभएको थियो “हामीले नियमित निरीक्षण गरेका थियौं।” उहाँले आगलागीका लागि आफु पनि दोषी रहेको जिम्मेवारी लिन अस्वीकार गनुभएको थियो भने ग्यास उपकरण आपूर्तिकर्तालाई घटनाका लागि दोष लगाउनुभएको थियो । आगोबाट बाँचेका मानिसहरू र मृतकका आफन्तहरूले बिहान ३ः३० बजे अघि होटलको रेष्टुरेन्टमा भएको आगलागीको बारेमा अदालतमा अश्रुपूर्ण वयान दिएका थिए। प्रकोपमा आफ्नी पत्नी र नौ वर्षीया छोरी गुमाएका हिल्मी अल्टिनल बयानका क्रममा दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने दवाव दिँदै भन्नुभएको थियो, “म हरेक दिन चिहानमा जान्छु। कुनै पनि मनोवैज्ञानिकले यस्तो पीडालाई कम गर्न सक्दैन।”
इस्तानबुल, टर्की, १४ कात्तिक (रासस/एएफपी):