१. प्रस्तावना
“समय सूत्र” ले तपाईंको व्यक्तिगत गोपनीयता र सुरक्षालाई उच्च प्राथमिकतामा राख्दछ। यो गोपनीयता नीति हाम्रो वेबसाइट, मोबाइल एप, वा डिजिटल प्लेटफर्म प्रयोग गर्दा तपाईंको जानकारी कसरी सङ्कलन, प्रयोग र संरक्षण गरिन्छ भन्नेबारे जानकारी दिन तयार गरिएको हो।
२. जानकारी सङ्कलन
हामी प्रयोगकर्ताबाट तलका प्रकारका जानकारीहरू सङ्कलन गर्न सक्छौंः
• व्यक्तिगत विवरणहरू: नाम, इमेल ठेगाना, फोन नम्बर (यदि तपाईं स्वेच्छाले प्रदान गर्नुभयो भने)।
• प्राविधिक विवरणहरू: IP ठेगाना, ब्राउजरको प्रकार, प्रयोग गरिएको उपकरण, पृष्ठ हेर्ने समय र गतिविधि।
• कुकीहरू (Cookies): तपाईंको अनुभव सहज बनाउन र वेबसाइटको सुधारका लागि।
३. जानकारीको प्रयोग
सङ्कलित जानकारीहरू निम्न उद्देश्यका लागि प्रयोग गरिन्छः
• तपाईंलाई समाचार, अपडेट र सूचनाहरू पठाउन।
• साइटको गुणस्तर, सामग्री र प्रयोगकर्ता अनुभव सुधार गर्न।
• दुरुपयोग, धोखाधडी वा गैरकानुनी गतिविधिबाट साइटलाई सुरक्षित राख्न।
४. जानकारीको साझेदारी
• “समय सूत्र” ले तपाईंको व्यक्तिगत जानकारी तृतीय पक्षसँग बिक्री वा साझेदारी गर्दैन।
• तर कानूनी आवश्यकता वा अदालतको आदेश अनुसार सम्बन्धित निकायसँग साझा गर्न सकिन्छ।
• विश्लेषण र विज्ञापनका लागि Google Analytics वा Meta tools प्रयोग गर्न सकिन्छ, जसले तपाईंको ब्राउजिङ व्यवहारमात्र ट्र्याक गर्छ, व्यक्तिगत विवरण होइन।
५. सुरक्षा
• तपाईंको डाटा सुरक्षित राख्न “समय सूत्र” ले आधुनिक डेटा इन्क्रिप्सन र सुरक्षा प्रविधि प्रयोग गर्छ।
• तर इन्टरनेटमार्फत सम्पूर्ण डाटा आदानप्रदानमा १००% सुरक्षा सुनिश्चित गर्न सकिँदैन भन्ने कुरा तपाईं स्वीकार गर्नुहुन्छ।
६. प्रयोगकर्ताको अधिकार
• तपाईं आफ्नो व्यक्तिगत जानकारी अद्यावधिक, संशोधन वा मेटाउन अनुरोध गर्न सक्नुहुन्छ।
• तपाईं कुकी सेटिङ परिवर्तन गरेर ट्र्याकिङ अस्वीकार गर्न पनि सक्नुहुन्छ।
७. बाह्य लिंकहरू
• “समय सूत्र” मा रहेका बाह्य वेबसाइटका लिंकहरूको गोपनीयता नीतिका लागि हामी जिम्मेवार हुँदैनौं।
• प्रयोगकर्ताले ती साइटहरूको नीति छुट्टै पढ्न सिफारिस गरिन्छ।
८. नीति परिमार्जन
• यो गोपनीयता नीति समय समयमा अद्यावधिक वा संशोधित हुन सक्छ।
• परिवर्तन भएका नीति वेबसाइटमा प्रकाशित भएलगत्तै लागू हुनेछन्।
९. सम्पर्क
यदि तपाईंलाई यो गोपनीयता नीति सम्बन्धी कुनै प्रश्न, सुझाव वा गुनासो छ भने, कृपया सम्पर्क गर्नुहोस्:
📧 [email protected]
🌐 www.samayasutra.com