कार्तिक १३, २०८२
होई आन, भियतनाम – अक्टोबर ३०, २०२५ (एपी):
भारी वर्षापछि आएको बाढीले भियतनामको ऐतिहासिक होई आन सहरका घरहरू डुबानमा परेका छन्। बाढीका कारण स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सारिने कार्य जारी छ।प्रशासनका अनुसार लगातारको वर्षा र नदीको पानी बढेपछि शहरका धेरै भागहरू प्रभावित भएका छन्। पर्यटकहरूको आकर्षणको केन्द्र रहेको होई आन प्राचीन सहरमा बाढीले सडक र घरहरू पूरै जलमग्न बनाएको छ।स्थानीय अधिकारीहरूले जनतालाई सतर्क रहन र जोखिम क्षेत्रबाट टाढा बस्न आग्रह गरेका छन्।
(तस्बिर: फान आन दुंग / VNA मार्फत एपी)