बुसान, दक्षिण कोरिया, अक्टोबर ३०, २०२५ (एएफपी):
अमेरिकी राष्ट्रपति
डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति
सी जिनपिङले दक्षिण कोरियाको
गिमहे एयर बेसमा आज भेटवार्ता गरेका छन्। यो बैठक दुवै नेताबीच लामो समयदेखि चल्दै आएको व्यापार युद्ध अन्त्यतर्फको सम्भावित ‘ट्रुस’ (सम्झौता) खोज्ने उद्देश्यले आयोजना गरिएको हो।ट्रम्पले वार्ताको पूर्वसन्ध्यामा “यो एक उत्कृष्ट भेट हुनेछ” भन्दै आशा व्यक्त गरेका थिए, तर बीजिङको धारणा अपेक्षाकृत संयमित देखिएको छ।
दुवै नेताले व्यापार, सुरक्षा, र क्षेत्रीय स्थायित्वबारे छलफल गर्ने कार्यक्रम रहेको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन्।यो बैठक अमेरिकी–चिनियाँ सम्बन्धलाई नयाँ दिशातर्फ मोड्न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको अनुमान छ।
(तस्बिर: एन्ड्र्यु क्याबालेरो–रेनोल्ड्स / एएफपी)