हरिकेन मेलिसाले क्यारेबियनमा वितण्डा मच्चायो

कार्तिक १३, २०८२

ब्ल्याक रिभर, जमैका, अक्टोबर २९, २०२५ (एएफपी):
हरिकेन मेलिसाले क्यारेबियन क्षेत्रमा ठूलो विनाश मच्चाएको छ। जमैकाको सेंट एलिजाबेथस्थित ब्ल्याक रिभर बजार आँधीको कहरपछि पूर्ण रूपमा ध्वस्त भएको छ।अमेरिकी राष्ट्रिय हरिकेन केन्द्र (NHC) का अनुसार, मेलिसा अहिले केही कमजोर भए पनि अझै खतरनाक अवस्थामा रहेको छ। यसले बुधबार बाहामासमा शक्तिशाली हावा र बाढी ल्याउने अनुमान गरिएको छ, र बिहीबार बेलुकीतिर बर्मुडा तर्फ अगाडि बढ्नेछ।मेलिसाको प्रभावले हैती, जमैका, र क्युबाका केही भागहरूमा ठूलो क्षति पुगेको छ, जसमा कम्तीमा ३० जना मानिस हराएका वा मृत भेटिएका छन्। प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेको बताइएको छ।

(तस्बिर: रिकार्डो म्याकिन / एएफपी)

सम्पर्कमा रहनुहोस्