साउदी अरेबियाले रियाधमा विश्वकै सबैभन्दा ठूलो घनाकार (cube-shaped) भवन “मुकाब” को निर्माण आधिकारिक रूपमा सुरु गरेको छ।
समय सूत्र @
कार्तिक १, २०८२
४०० मिटर अग्लो र चौडाइ समान रहेको यो विशाल संरचना भित्र २० वटा एम्पायर स्टेट बिल्डिङहरू अट्ने क्षमता हुनेछ।यो भवन साउदी अरबको “भिजन २०३०” अन्तर्गतको महत्वाकांक्षी “न्यू मुरब्बा” विकास परियोजनाको मुख्य आकर्षण हो, जसको लागत करिब ५० अर्ब अमेरिकी डलर अनुमान गरिएको छ।पूरा भएपछि, मुकाबले आफ्नो भविष्यवादी डिजाइन, त्रिकोणीय ज्यामितीय प्यानलहरू र भित्री अवलोकन टावर सहितको संरचनाले गगनचुम्बी भवनको परिभाषा नै बदल्नेछ।यो मेगा परियोजना रियाधको सहरको रूप र जीवनशैलीमा ऐतिहासिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
संवाददाता समय सूत्र मिडिया