अशोज २९, २०८२
काठमाडौं, १५ अक्टोबर २०२५ – विश्वकप २०२६ छनोटमा अफ्रिकन क्षेत्र (CAF) क्वालिफायरबाट ९ देशले आफ्नो स्थान सुनिश्चित गरेका छन्। विश्व फुटबल प्रेमीहरूका लागि यो चरण निकै रोमाञ्चक रह्यो। क्वालिफायरबाट टिकट पक्का गर्ने देशहरूमा नाइजरिया, मोरक्को, सेनेगल, घाना, इजिप्ट, क्यामरुन, ट्युनिसिया, अल्जेरिया र दक्षिण अफ्रिका छन्।

युरोपेली क्षेत्रबाट पनि प्रमुख टिम इङ्गल्याण्ड (थ्री लायन्स) ले सहज जीत हासिल गर्दै विश्वकप २०२६ को टिकट सुनिश्चित गरेको छ।

अन्तर्राष्ट्रिय फुटबलका दुई सुपरस्टारले पनि ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। अर्जेन्टिनाका लियोनेल मेस्सी ले आफ्नो राष्ट्रिय टोलीका लागि दुई असिस्ट गर्दै कुल ६० असिस्ट पुर्याए। यससँगै उनले नेयमार र डोनोभनको ५८ असिस्टको रेकर्ड तोड्दै राष्ट्रिय टोलीमा सबैभन्दा बढी असिस्ट गर्ने खेलाडी बनेका छन्।

त्यस्तै, क्रिस्टियानो रोनाल्डो ले पोर्चुगलका लागि आफ्नो १२९औं गोल गर्दै अर्को ऐतिहासिक उपलब्धि हात पारेका छन्। यस गोलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा गोलको हिसाबले शीर्ष स्थानमा अझ नजिक पुगेका छन्।विश्वकप २०२६ का लागि क्वालिफायरहरू निरन्तर जारी रहँदा फुटबल प्रेमीहरू उत्साहित छन् र आगामी खेलहरूका लागि आँखा जमेका छन्।
संवाददाता समय सूत्र मिडिया