Kaiser Permanente का स्वास्थ्यकर्मीहरूको ऐतिहासिक हडताल

अशोज २९, २०८२

सान डिएगो (अक्टोबर १४, २०२५) — Kaiser Permanente का हजारौँ स्वास्थ्यकर्मीहरू आजदेखि देशभरका विभिन्न अस्पताल र मेडिकल सेन्टरहरूमा ठूला प्रदर्शनमा उत्रिएका छन्।
यसै क्रममा सान डिएगोको Kaiser Permanente मेडिकल सेन्टर अगाडि पनि सयौँ नर्स, फार्मासिस्ट र अन्य स्वास्थ्यकर्मीहरूले प्ल्याकार्ड बोकेर नाराबाजी गरेका छन्।हडतालीहरूले “उचित तलब, राम्रो स्टाफिङ, गुणस्तरीय उपचार” जस्ता नारा लगाउँदै Kaiser Permanente नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन्।संघले माग गरेको छ —

चार वर्षमा कम्तीमा २५ प्रतिशत तलब वृद्धि, र

स्टाफ अभाव समाधान गरेर स्वास्थ्यकर्मीहरूको कार्यभार कम गर्न।

कम्पनीले भने २१.५ प्रतिशत तलब वृद्धि प्रस्ताव गर्दै आफ्ना कर्मचारीहरूलाई उद्योग औसतभन्दा १६ प्रतिशत बढी तलब दिइरहेको दाबी गरेको छ। Kaiser Permanente का प्रवक्ताले भने, “हामी हडतालको बीचमा पनि आपतकालीन सेवा र अत्यावश्यक उपचार निरन्तर रूपमा सञ्चालन गर्नेछौँ।”हडतालले क्यालिफोर्निया, हवाई, र ओरेगनका अस्पताल सेवामा आंशिक असर पारेको जनाइएको छ। यो Kaiser Permanente को इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल मध्ये एक हो।

AP

सम्पर्कमा रहनुहोस्